‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर « Khabarhub

‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्छ भन्नेमा पनि निर्भर हुन्छ । यही परीक्षा दिन तयार नेपाली हास्यप्रधान फिल्म ‘ककाकिकी’ले प्रदर्शनअघि नै फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ । 

मंगलबार काठमाडौंमा आयोजित प्रिमियरमा फिल्म हेर्नेहरू कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयबाट प्रभावित देखिएका छन् ।

काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा भएको प्रिमियरमा फिल्मका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक र निर्माता सहभागी थिए । फिल्मका विभिन्न दृश्यमा हल हाँसोले गुञ्जिएको थियो । उपस्थित फिल्मकर्मीसमेत हाँस्दै रमाएका थिए ।

विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले फिल्ममा प्रस्तुत गरेको फरक शैली र मेहनतको प्रशंसा भएको थियो । कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको भन्दै कलाकारहरूको अभिनयलाई पनि रुचाइएको थियो ।

प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायत सहभागी थिए ।

निर्देशक बिक्की अग्रवालले फिल्मकर्मीबाट पाएको प्रतिक्रियाले आफूहरूलाई खुशी र उत्साहित बनाएको बताए । फिल्म निर्माणमा टिमले निकै मेहनत गरेको उल्लेख गर्दै अब दर्शकको हातमा फिल्म सुम्पिने समय आएको उनको भनाइ थियो ।

फिल्मका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साह थपेको बताएका छन् ।

फिल्मकर्मीबाट आएको सकारात्मक प्रतिक्रियाले ‘ककाकिकी’प्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ । अब भने फिल्मले हलमा सर्वसाधारण दर्शकलाई कति हँसाउन र मन जित्न सक्छ भन्ने परीक्षा शुक्रबारदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १२ : ५३ बजे

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी

‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर

काठमाडौं– कमेडी फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्छ भन्नेमा

बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक हेरचाह आवश्यक : मन्त्री बादी

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

जियुक्वान- चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन