रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउटमा | Khabarhub Khabarhub

रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउटमा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तिम खेलमा शानदार जित हासिल गर्दै स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित गर्दै रियाल समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।

रियाललाई जित दिलाउन करिम बेन्जेमाले दुवै गोल गरे । पहिलो गोल ९ मिनेटमा र दोस्रो गोल ३२ मिनेटमा गर्दै बेन्जेमाले रियालको अगाडिको यात्रा सुनिश्चित गराएका हुन् । खेलअघिसम्म पदीय संकटमा रहेका जिनेदिन जिदानले यो जितपछि राहतको स्वास फेरेका छन् ।

बेन्जेमा रियाल मड्रिडका लागि ५२७ औं सहभागीता जनाउने रेकर्डको बराबरीसमेत गर्न सफल भएका छन् । १३ औं पटकको च्याम्पियन रियालका लागि बेन्जेमाअघि रोबर्टो कार्लोसले यो रेकर्ड बनाएका थिए । बेन्जेमाले च्याम्पियन्स लिगमा ५७ गोल गरिसकेका छन् ।

समूह बीबा रियाल १० अंकसहित समूह विजेताका रुपमा नकआउटमा पुग्दा बोरुसिया गोल अन्तरका आधारमा शक्तर दोनेस्कलाई पछाडि पार्दै नकआउटमा पुग्यो ।

बोरुसिया र शक्तरको समान ८ अंक रहेको छ । इन्टरमिलान भने ६ अंकसहित पुछारमा रह्यो र बाहिरियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : ३१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर