रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउटमा « Khabarhub

रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउटमा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तिम खेलमा शानदार जित हासिल गर्दै स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित गर्दै रियाल समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।

रियाललाई जित दिलाउन करिम बेन्जेमाले दुवै गोल गरे । पहिलो गोल ९ मिनेटमा र दोस्रो गोल ३२ मिनेटमा गर्दै बेन्जेमाले रियालको अगाडिको यात्रा सुनिश्चित गराएका हुन् । खेलअघिसम्म पदीय संकटमा रहेका जिनेदिन जिदानले यो जितपछि राहतको स्वास फेरेका छन् ।

बेन्जेमा रियाल मड्रिडका लागि ५२७ औं सहभागीता जनाउने रेकर्डको बराबरीसमेत गर्न सफल भएका छन् । १३ औं पटकको च्याम्पियन रियालका लागि बेन्जेमाअघि रोबर्टो कार्लोसले यो रेकर्ड बनाएका थिए । बेन्जेमाले च्याम्पियन्स लिगमा ५७ गोल गरिसकेका छन् ।

समूह बीबा रियाल १० अंकसहित समूह विजेताका रुपमा नकआउटमा पुग्दा बोरुसिया गोल अन्तरका आधारमा शक्तर दोनेस्कलाई पछाडि पार्दै नकआउटमा पुग्यो ।

बोरुसिया र शक्तरको समान ८ अंक रहेको छ । इन्टरमिलान भने ६ अंकसहित पुछारमा रह्यो र बाहिरियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : ३१ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय