च्याम्पियन्स लिगमा आज नौ वटा खेल हुँदै « Khabarhub

च्याम्पियन्स लिगमा आज नौ वटा खेल हुँदै


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा आज ९ खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत आज समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुनेछ ।

आज समूह बीको रियल मड्रिडको नतिजा महत्वपूर्ण हुने मानिएको छ । घरेलु लिगसँगै युरोपमा समेत राम्रो प्रर्दशन गर्न नसकिरहेको रियल प्रतियोगिताबाट बाहिरिने खतरा छ ।

समूह ‘बी’मा इन्टर मिलान र शख्तर डोनेस्क तथा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘बी’का चारै वटा टोलीको नकआउट चरण पुग्ने सम्भावना जिवित छ । तर नकआउट चरण पुग्न रियल मड्रिडलाई जितको विकल्प छैन ।

मोन्चेनग्लाडवाचलाई बराबरीको नतिजाले मात्र अन्तिम ६ मा पुर्‍याउन सक्छ ।

समूह ‘बी’मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाच ८ अंक सहित शीर्ष स्थानमा, शख्तर ७ अंक सहित दोस्रो, रियल ७ अंक सहित तेस्रो र ईन्टर ५ अंक सहित चौथो स्थानमा छ ।

यस्तै, समूह ‘ए’को खेलमा बायर्न म्युनिख र लोकोमोटिभ मस्को तथा साल्जबर्ग र एट्लेटिको मड्रिड भिड्दैछन् । बायर्न समूह विजेताको रुपमा यसअघिनै नकआउट चरण पुगिसकेको छ ।

शीर्ष स्थानको बायर्नको १३ अंक छ । दोस्रो एट्लेटिकोको ६, तेस्रो साल्जबर्गको ४ र मस्को क्लब ३ अंक सहित पुछारमा छ ।

यता, समूह ‘सी’को खेलमा म्यान्चेष्टर सिटी र मार्सेली तथा पोर्टो र ओलम्पियाकोसबीच प्रतिस्पर्धा हुनेछ ।

सिटी समूह विजेता र पोर्टो उपविजेताको रुपमा नकआउट चरण पुगिसकेका छन् । उता, समूह ‘डी’को खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन् ।

प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

अर्को एक खेलमा खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिर भिड्ने छन् । समूह ‘एच’को खेल मंगलबार रातिका लागि तय थियो ।

तर ईस्तानबुलको टिममाथि रेफ्रीले रंगभेद गरेपछि खेलाडीले मैदान छाडेका थिए । त्यसपछि खेल स्थगित बनेको थियो ।

समूह ‘एच’मा मंगलबार म्यान्चेष्टर युनाईटेडलाई पराजित गर्दै आरबी आईपेजिग नकआउट चरण प्रवेश गरेको छ । युनाईटेड समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ३१ बजे

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

काठमाडौं– रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री बोकेको

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४