च्याम्पियन्स लिगमा आज नौ वटा खेल हुँदै | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा आज नौ वटा खेल हुँदै


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा आज ९ खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत आज समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुनेछ ।

आज समूह बीको रियल मड्रिडको नतिजा महत्वपूर्ण हुने मानिएको छ । घरेलु लिगसँगै युरोपमा समेत राम्रो प्रर्दशन गर्न नसकिरहेको रियल प्रतियोगिताबाट बाहिरिने खतरा छ ।

समूह ‘बी’मा इन्टर मिलान र शख्तर डोनेस्क तथा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘बी’का चारै वटा टोलीको नकआउट चरण पुग्ने सम्भावना जिवित छ । तर नकआउट चरण पुग्न रियल मड्रिडलाई जितको विकल्प छैन ।

मोन्चेनग्लाडवाचलाई बराबरीको नतिजाले मात्र अन्तिम ६ मा पुर्‍याउन सक्छ ।

समूह ‘बी’मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाच ८ अंक सहित शीर्ष स्थानमा, शख्तर ७ अंक सहित दोस्रो, रियल ७ अंक सहित तेस्रो र ईन्टर ५ अंक सहित चौथो स्थानमा छ ।

यस्तै, समूह ‘ए’को खेलमा बायर्न म्युनिख र लोकोमोटिभ मस्को तथा साल्जबर्ग र एट्लेटिको मड्रिड भिड्दैछन् । बायर्न समूह विजेताको रुपमा यसअघिनै नकआउट चरण पुगिसकेको छ ।

शीर्ष स्थानको बायर्नको १३ अंक छ । दोस्रो एट्लेटिकोको ६, तेस्रो साल्जबर्गको ४ र मस्को क्लब ३ अंक सहित पुछारमा छ ।

यता, समूह ‘सी’को खेलमा म्यान्चेष्टर सिटी र मार्सेली तथा पोर्टो र ओलम्पियाकोसबीच प्रतिस्पर्धा हुनेछ ।

सिटी समूह विजेता र पोर्टो उपविजेताको रुपमा नकआउट चरण पुगिसकेका छन् । उता, समूह ‘डी’को खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन् ।

प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

अर्को एक खेलमा खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिर भिड्ने छन् । समूह ‘एच’को खेल मंगलबार रातिका लागि तय थियो ।

तर ईस्तानबुलको टिममाथि रेफ्रीले रंगभेद गरेपछि खेलाडीले मैदान छाडेका थिए । त्यसपछि खेल स्थगित बनेको थियो ।

समूह ‘एच’मा मंगलबार म्यान्चेष्टर युनाईटेडलाई पराजित गर्दै आरबी आईपेजिग नकआउट चरण प्रवेश गरेको छ । युनाईटेड समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ३१ बजे

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ सुरुवाती तीन दिनमा

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा