मोरङमा थप तीन संक्रमितको मृत्यु « Khabarhub

मोरङमा थप तीन संक्रमितको मृत्यु


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा थप तीन कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार ल्याइएकोमा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको व्यवस्थापक नारायण दाहालले बताए ।

यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएकोमा राति ९:५० बजे मृत्यु भएको  उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

यस्तै मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ ।

दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा परिवारका सदस्यले लगेकोमा बुधबार राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ४७ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले