प्रधानमन्त्रीबाट लामाले राजनीतिक–सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण « Khabarhub

प्रधानमन्त्रीबाट लामाले राजनीतिक–सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिनुभएको योगदानको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उहाँले जनपक्षीय भूमिका खेलेको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गरेको कामको स्मरण पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  २ : ०५ बजे

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै

स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै

काठमाडौं– सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण