‘बर्बरता’ छाडेर शान्तिपूर्ण मार्गमा आउन विप्लव समूहलाई कांग्रेसको आग्रह « Khabarhub

‘बर्बरता’ छाडेर शान्तिपूर्ण मार्गमा आउन विप्लव समूहलाई कांग्रेसको आग्रह

२९ गतेको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई बर्बरता छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मोरङमा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध जनाउँदै यस्तो आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

घटनामा संलग्नलाई कारवाहीको माग गरिएको पनि शर्माले बताए । विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो।

बैठकमा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनमा नेता तथा कार्यकर्ता परिचालन गर्ने निर्णय पनि गरेको छ । विरोध प्रदर्शनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सडकमा आउन उसले अपिल पनि गरेको छ ।

सरकारविरुद्धको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन अपिल गर्ने निर्णय गरिएको शर्माले जानकारी दिए ।

कोरोना महामारीमा पनि सरकार सत्ताको द्वन्द्वमा नै केन्द्रित रहेको र वर्तमान सरकार गठन भएपछि झनै भ्रष्टाचार बढ्दै गएकाले सरकारकाविरुद्ध सडकमा उत्रन आह्वान गरिएको उनले बताए ।

गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रामक भएको हो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले २९ गते देशैभर प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  २ : ५९ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले