फेसबुक मेसेन्जरमा समस्या, लाखौं प्रयोगकर्ता सेवा लिनबाट बञ्चित « Khabarhub

फेसबुक मेसेन्जरमा समस्या, लाखौं प्रयोगकर्ता सेवा लिनबाट बञ्चित


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फेसबुक मेसेन्जरमा समस्या आउँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका छन् ।

विहीबार विश्वभरका लाखौँ प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरेका हुन् ।

अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन सकिरहेका छैनन् ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको छ । डाउन डिटेक्टरका अनुसार हरेक मिनेट २४०० प्रयोगकर्ताले म्यासेञ्जर लगइन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।

यस्तो समस्या नेपालमा मात्र नभएर युरोपका प्रयोगकर्ताले समेत सामना गरिरहेको जनाइएको छ ।

डाउन डिटेक्टरको म्यापमा म्यासेञ्जर डाउनको समस्या बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको छ ।

अहिलेसम्म के कारणले यस किसिमको समस्या देखा परेको हो र कति समयमा समाधान हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन ।

म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको उल्लेख गर्दै केही प्रयोगकर्ताले रिपोर्ट गरिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : १३ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु