सेनाका रत्नजितलाई पराजित गर्दै प्रिन्स फाइनलमा « Khabarhub

सेनाका रत्नजितलाई पराजित गर्दै प्रिन्स फाइनलमा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिन्स दाहाल सेनाका रत्नजित तामाङलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको फाइलनमा प्रवेश गरेका छन् ।

बिहिबार भएको सेमिफाइनलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । अब उपाधीका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।

साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाइनलमा प्रिन्स संगको भेट पक्का गरेका हुन् ।

यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए ।

आजै भएको क्वाटरफाईनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१–१७ को समान अंकले पराजित गर्दै सेमिमा भिडन्त पक्का गरेका थिए ।

यस्तै अर्को खेलमा नविनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१–१२, १६–२१ र २१–१८ तथा सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरेका थिए ।

राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल  शुक्रबार हुनेछ ।

विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : १० बजे

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा