राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कालिनको राजीनामा स्वीकृत « Khabarhub

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कालिनको राजीनामा स्वीकृत


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्य समितिले बैठकले प्रशिक्षक कालिनको राजीनामा स्वीकृत गरेको हो ।

कालिनले नोभेम्बर १ मा एन्फालाई राजीनामा पत्र बुझाएका थिए । सन् २०१९ को मार्चमा नेपाली टोलीको नेतृत्व सम्हाल्न उनी काठमाडौं आएका थिए ।

उनको दुई वर्षे कार्यकालमा नेपालले केही मैत्रिपुर्ण फुटबल खेलेको थियो भने फिफा विश्वकप छनोट २०२२ अन्तरगतका ५ खेल खेलेको थियो ।

जसमा नेपालले १ खेलमा जीत हात पार्दा ४ खेल हार व्येहोरेको थियो । कालिनको राजीनामा स्वीकृत गरेको एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनलाई दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : २७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले