कफी भुट्ने मेसिन बनाउँदै आविष्कार केन्द्र « Khabarhub

कफी भुट्ने मेसिन बनाउँदै आविष्कार केन्द्र


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले कफी भुट्ने मेसिन निर्माण गर्ने भएको छ । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कफीको भुट्ने मेसिन निर्माणको क्रममा रहेको जानकारी दिएका हुन् ।

कफी व्यवसायीहरुका लागि निकै उपयोगी हुने यो मेसिन ताप्लेजुङका राजेश लिम्बुको नेतृत्वमा आविष्कार केन्द्रले बनाउन लागेको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

लिम्बुले १४ वर्ष टर्कीमा बस्दा इटालियन डिजाइनको यस्तो कफी भुट्ने मसिन बनाउन सिकेको समेत पुनले बताएका छन् ।

लिम्बुले यसअघि पनि ६वटा मेसिनहरु बनाएको जानकारी दिएका छन् ।  हाल उनी आविष्कार केन्द्रका अन्य ईन्जिनियरसँग मिलेर मेसिन बनाइरहेका छन् ।

अध्यक्ष पुनले तस्वीरमा देखाइएको मेसिनको मूल्य ७ लाख पर्ने बताएका छन् । यो मेसिनले एकपटकमा १० केजीसम्म कफीको गेडा भुट्ने क्षमता रहेको जनाएका छन् ।

तर, अब एक पटकमा २५ केजीसम्म कफीको गेडा भुट्न सक्ने क्षमताको मेसिन बनाउन लागिएको र त्यसको मूल्य अनुमानित करिब १४ लाख रुपैयासम्म पर्ने उनले जनाएका छन् ।

इटाली र टर्कीमा बनेका यस्ता मसिनको तुलनामा नेपालमा बनेको मसिनको मुल्य निकै सस्तो हुने उनले दाबी गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रमा तल फोटोमा देखाइए जस्तै कफीको गेडा भुट्ने मशीन (Coffee Roaster) बन्दैछ | खरिद गर्न ईच्छुक…

Posted by Mahabir Pun on Thursday, 10 December 2020

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ४४ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको