आइतबारबाट फुटबल खेलाडीको बन्द प्रशिक्षण सुरु हुँदै « Khabarhub

आइतबारबाट फुटबल खेलाडीको बन्द प्रशिक्षण सुरु हुँदै


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तगर्तको संयुक्त छनोटका लागि मंसिर २८ गतेबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमतिले विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजकमा विजय घले र सुरक्षा समिति संयोजक दिनेश व्यन्जनकारसहितको समन्वय गरी मैत्रीपूर्ण खेलहरुमा सहभागिता तथा आयोजना गर्ने निर्णय गरियो । उक्त कार्यका लागि मंसिर २८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरिनेछ ।’

नेपाली फुटबल टोलीले अघिल्लो महिना बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी र अर्कोमा हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : २३ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको