आइतबारबाट फुटबल खेलाडीको बन्द प्रशिक्षण सुरु हुँदै « Khabarhub

आइतबारबाट फुटबल खेलाडीको बन्द प्रशिक्षण सुरु हुँदै


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तगर्तको संयुक्त छनोटका लागि मंसिर २८ गतेबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमतिले विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजकमा विजय घले र सुरक्षा समिति संयोजक दिनेश व्यन्जनकारसहितको समन्वय गरी मैत्रीपूर्ण खेलहरुमा सहभागिता तथा आयोजना गर्ने निर्णय गरियो । उक्त कार्यका लागि मंसिर २८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरिनेछ ।’

नेपाली फुटबल टोलीले अघिल्लो महिना बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी र अर्कोमा हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : २३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले