इंग्लिस प्रिमियर लिग : शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लियो « Khabarhub

इंग्लिस प्रिमियर लिग : शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लियो


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । शेफिल्डका लागि ओली म्याकबर्नीले ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि शेफिल्ड युनाइटेड म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई पछि पारेर पाँचौँ स्थानमा उक्लिएको हो । उसको २२ खेलबाट ३२ अंक भएको छ ।

म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ३१ तथा टोटनह्यामको २१ खेलबाट ३० अंक रहेको छ । पराजित भएको वेष्टह्याम युनाइटेड २१ खेलबाट २२ अंकसहित १६ औँ स्थानमा छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : ३० बजे

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी

एजेन्सी– जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई

पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ?

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

काठमाडौं– नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले

कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि