कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ? « Khabarhub

कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शनिबार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केहि जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश: घटेर जाने महाशाखाले जनाएको छ ।

दिउँसोको समयमा मौसममा आंशिक बदली भइ केहि ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यही बदलीका कारण उच्च पहाडी जिल्ला तथा हिमाली जिल्लामा सामान्य हिमपातको सम्भावना पनि रहेको पौडेलले बताए ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २६ गते (शनिबार)

दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आईतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ११ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी