कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ? | Khabarhub Khabarhub

कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शनिबार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केहि जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश: घटेर जाने महाशाखाले जनाएको छ ।

दिउँसोको समयमा मौसममा आंशिक बदली भइ केहि ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यही बदलीका कारण उच्च पहाडी जिल्ला तथा हिमाली जिल्लामा सामान्य हिमपातको सम्भावना पनि रहेको पौडेलले बताए ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २६ गते (शनिबार)

दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आईतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ११ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी