बालबालिकाको कान किन पाक्छ ? जोगाउने ८ उपाय « Khabarhub

बालबालिकाको कान किन पाक्छ ? जोगाउने ८ उपाय


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कानमा सबैभन्दा बढि देखिने समस्या भनेको पाक्ने हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। तर, यस समस्याबाट बढि मात्रामा बालबालिका प्रभावित हुने गर्दछन् ।

सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान पाक्नु भनिन्छ । बनावटका आधारमा बाहिरी, मध्य र भित्री गरी कानलाई तीन भागमा वर्गिकरण गरिएको हुन्छ ।

कानको मध्य भागमा संक्रमण हुँदा पिप जम्छ र जमेको पिप बाहिर निस्कनुलाई कान पाकेको भनिन्छ । बच्चाहरुमा कान पाक्दा कान दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् ।

कान पाकेको लामो समय भएमा शरीरका अन्य अंग पनि प्रभावित हुँदै जान्छन् ।

बालबालिकाको कान किन पाक्छ ?

बच्चालाई लामो समयसम्म रुघाखोकी लाग्दा वा आमाले सुतेर दुध ख्वाउँदा बच्चालाई कान पाक्ने समस्या देखिन्छ ।

आमाको दुध खाँदा बच्चालाई असजिलो भए वा कानमा दुध पसेमा पनि यो समस्या देखिन सक्छ ।

फोहोर पानीमा खेल्ने, नुहाउँदा कानमा पानी परेमा वा कानको जालीमा असर पर्ने गरी कान कोट्याउँदा पनि बच्चाको कान पाक्न सक्छ ।

बालबालिकामा नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा तथा पिनास हुँदा पनि कान पाक्न सक्छ ।

कान पाक्न नदिने ८ उपायहरु

१. आमाले दूध खुवाउँदा कानमा पर्न दिनुहुँदैन।

२. बच्चाको कानमा तेल हाल्नु हुदैन । यसले पनि कान पाक्ने समस्या हुनसक्छ ।

३. बच्चाहरुलाई फोहर पानीमा खेल्न दिनुहुँदैन।

४. बच्चालाई नुहाउँदा कानमा कपास राखेर नुहाइदिने गर्नुपर्छ ।

५. बच्चालाई रुघाखोकी लाग्नबाट बचाउने वा लागेमा तत्काल उपचार गराउनुपर्छ।

६. बच्चाको कान जे पायो त्यहिले कोट्याउनु हुँदैन।

७. कानमा समस्या देखिए मनलाग्दी औषधिको प्रयोग गर्नुहुदैन।

८. कान दुख्दा तुलसी पातको रस, गाईको गहुँत हाल्नु हुदैन ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ५२ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको