बालबालिकाको कान किन पाक्छ ? जोगाउने ८ उपाय « Khabarhub

बालबालिकाको कान किन पाक्छ ? जोगाउने ८ उपाय


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कानमा सबैभन्दा बढि देखिने समस्या भनेको पाक्ने हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। तर, यस समस्याबाट बढि मात्रामा बालबालिका प्रभावित हुने गर्दछन् ।

सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान पाक्नु भनिन्छ । बनावटका आधारमा बाहिरी, मध्य र भित्री गरी कानलाई तीन भागमा वर्गिकरण गरिएको हुन्छ ।

कानको मध्य भागमा संक्रमण हुँदा पिप जम्छ र जमेको पिप बाहिर निस्कनुलाई कान पाकेको भनिन्छ । बच्चाहरुमा कान पाक्दा कान दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् ।

कान पाकेको लामो समय भएमा शरीरका अन्य अंग पनि प्रभावित हुँदै जान्छन् ।

बालबालिकाको कान किन पाक्छ ?

बच्चालाई लामो समयसम्म रुघाखोकी लाग्दा वा आमाले सुतेर दुध ख्वाउँदा बच्चालाई कान पाक्ने समस्या देखिन्छ ।

आमाको दुध खाँदा बच्चालाई असजिलो भए वा कानमा दुध पसेमा पनि यो समस्या देखिन सक्छ ।

फोहोर पानीमा खेल्ने, नुहाउँदा कानमा पानी परेमा वा कानको जालीमा असर पर्ने गरी कान कोट्याउँदा पनि बच्चाको कान पाक्न सक्छ ।

बालबालिकामा नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा तथा पिनास हुँदा पनि कान पाक्न सक्छ ।

कान पाक्न नदिने ८ उपायहरु

१. आमाले दूध खुवाउँदा कानमा पर्न दिनुहुँदैन।

२. बच्चाको कानमा तेल हाल्नु हुदैन । यसले पनि कान पाक्ने समस्या हुनसक्छ ।

३. बच्चाहरुलाई फोहर पानीमा खेल्न दिनुहुँदैन।

४. बच्चालाई नुहाउँदा कानमा कपास राखेर नुहाइदिने गर्नुपर्छ ।

५. बच्चालाई रुघाखोकी लाग्नबाट बचाउने वा लागेमा तत्काल उपचार गराउनुपर्छ।

६. बच्चाको कान जे पायो त्यहिले कोट्याउनु हुँदैन।

७. कानमा समस्या देखिए मनलाग्दी औषधिको प्रयोग गर्नुहुदैन।

८. कान दुख्दा तुलसी पातको रस, गाईको गहुँत हाल्नु हुदैन ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ५२ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने