रहेन विश्व रेकर्ड कायम गरेको गैडा « Khabarhub

रहेन विश्व रेकर्ड कायम गरेको गैडा


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैले गर्न नसक्ने वा अरुभन्दा बढि गर्न सक्ने क्षमता भएकाहरुको विश्व रेकर्ड रहने गरेको छ ।

यस्तै एक विश्व रेकर्ड राख्न सफल जनावरको मृत्यु भएको छ । विश्वको सबैभन्दा पाको उमेरको गैंडाको मृत्यु भएको छ ।

तान्जनियाको गोरोनगोरो कन्जभेसन एरिया अथोरिटीमा रहेको ५७ बर्षीय माउ गैडाको मृत्यु भएको छ । फौस्टा नामक उक्त गैडाको मृत्यु अस्वभाविक भएको भन्दै यसबारे अनुसन्धान थालिएको छ ।

गोरोनगोरो कन्जभेसनमा रहेको फौस्टा मृत्युलाई धेरै जनावरप्रेमीहरुले अस्वभाविक मानेका छन् ।

सबैभन्दा लामो उमेरसम्म जीवित रहेर विश्व रेकर्ड बनाउन सफल फौष्टा विश्वको सम्पती भएको भन्दै एकाएक भएको मृत्युको अनुसन्धान थालिएको हो ।

५४ बर्षअघि अर्थात सन् २०१६ सम्म गोरोनगोरोको अन्यत्र रहेको उक्त गैडाको स्वास्थ्य बिर्गन थालेपछि प्रत्यक्ष निगरानिमा राखि उपचार गरीएको थियो ।

उसको आखाँको ज्योती पनि गुमेको थियो । तान्जनियाको दार एस सलाम विश्वविद्यालयका एक वैज्ञानिकले सन् १९६५ मा गौष्टालाई पहिलो पटक देखेका थिए ।

त्यसपछि उसलाई गोरोनगोरोमा ल्याइएको थियो । एक स्वास्थ्य गैडा जंगलमा बढिमा ३७ बर्ष र प्रत्यक्ष रेखदेखमा ४३ बर्षसम्म मात्र जिवित रहन सक्छ ।

तर गौष्टा भने ५४ बर्षको उमेरसम्म जीवित रहने एक मात्र गैडा थियो।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : ०० बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार