आगलागीमा छोरी जोगाएर किम परिवारको फोटो नजोगाउने आमालाई जेल सजाय ! « Khabarhub

आगलागीमा छोरी जोगाएर किम परिवारको फोटो नजोगाउने आमालाई जेल सजाय !


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाकी एक आमाले जलिरहेको घरभित्रबाट आफ्ना दुई छोराछोरीलाई बचाएर उत्तर कोरियाली नेता किम जोन उनको परिवारको फोटो जोगाउन नसक्दा जेल सजाय हुने भएको छ ।

ती आमाले छोरीहरु जोगाए पनि घरभित्र भित्तामा टाँसिएका उत्तर कोरियाली नेताहरुको फोटो बचाउन सकिनन् । फोटोहरु जलेपछि अहिले ती आमालाई जेल सजाय हुन सक्ने गरी मुद्दा चलाइएको छ । अहिले ती महिलामाथि देशको राज्य सुरक्षा मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।

चीनको सीमा नजिकै उत्तरी ह्यामग्योंग प्रान्तको ओनसोंग काउन्टीमा दुई परिवारले बाँडेर बसोवास गरिरहेको घरमा एक्कासी आगो लागेको थियो । दुवै परिवारका अभिभावक आगलागीको समयमा घरबाहिर थिए । धुवाँ देखेपछि उनीहरु आफ्ना परिवारलाई बचाउन दौडिँदै आए । उनीहरुले छोराछोरीलाई बचाउने क्रममा उत्तर कोरियाली नेताहरुको फोटोको एक सेट भने जल्यो ।

उत्तर कोरियामा हरेक परिवारले उसका पूर्व नेताहरु किम इल सुंग र किम जोङ इलको फोटो अनिवार्य रुपमा घरमा राख्नुपर्ने नियम छ । सरकारले हरेक घरमा फोटो राखिएको जाँच गर्न जाँच अधिकारी नै पठाउने गर्छ । यहाँको नियम अनुसार किम परिवारमा फोटोहरुलाई हरेक नागरिकले आफूलाई जत्तिकै श्रद्धाका साथ राख्नुपर्छ । यदि यी तस्वीरको सुरक्षामा कुनै कमी भएमा त्यसलाई गम्भीर अपराध मानिन्छ ।

यदि यी आमा यो अपराधमा दोषी ठहरिएमा उनलाई कडा परिश्रमको साथमा लामो समयसम्म जेल सजाय हुन सक्छ । उत्तर कोरियाको मिडिया डेली एनकेको रिपोर्ट अनुसार अनुसन्धानको नतिजा स्वरुप ती आमाले अहिले न त आफ्ना छोराछोरीलाई अस्पतालमा राख्न पाउँछिन् न त उनीहरुको जलेको घाउको लागि एन्टिबायोटिक्स औषधी प्राप्त गर्न सक्छिन् । छिमेकीहरु सहयोगका लागि अगाडि आउन खोजेका थिए तर उनलाई राजनैतिक अपराधको अभियोग लगाइन सक्ने डरले उनीहरु पनि पछि हटे ।

ती आमामाथि भइरहेको अनुसन्धान पूरा भएपछि मात्र उनले आफ्ना छोराछोरीको हेरविचार गर्न पाउनेछिन् । किम परिवारका फोटोलाई बाढी वा आगोमा बचाउने उत्तरु कोरियालीहरुलाई हिरोको रुपमा हेरिन्छ । यदि फोटो बचाउने प्रयासमा उनीहरु मरेमा उनीहरुलाई झनै सम्मानित दृष्टिले हेरिन्छ । २००५ मा उत्तर कोरिया छाडेर भागेकी जुन यू सुंगले २०१५ मा एक अन्तरवार्तामा यस्तै घटनाको स्मरण गरेकी थिइन् ।

२०१२ मा दक्षिणी हामक्योंगको सिनहुंग काउन्टीमा आफ्नो घरमा राखिएको किमको फोटो बचाउने प्रयासमा १४ वर्षकी हान ह्योंग ग्योंग डुबेर मरिन् । उनलाई मरणोपरान्त किम जोंग इल युवा वीरता पुरस्कारले सम्मानित गरियो र उनको स्मृतिमा उनको स्कुलको नाम फेरियो ।

प्योंगयांग घुम्न गएका एक अमेरिकी विद्यार्थी ओट्टो वार्मबियरलाई कठोर श्रमसहित १५ वर्षको जेल सजाय सुनाइएको थियो । उनको अपराध यत्ति थियो कि उनले किम इल सुंगको नाम लेखिएको पोस्टर तानेका थिए । घरमा किम परिवारको फोटो झेण्ड्याउन पनि खास नियम छ । ती फोटोहरु घरको मुख्य भित्तामा हुनुपर्छ र यति उचाइमा हुनुपर्छ कि कोही पनि फोटोभन्दा अग्लो उभिन नसकोस् ।

ती फोटोहरुलाई सफा राखिनुपर्छ । फोटोमा धुलो जम्नु हुँदैन । धुलो जमेमा जरिवाना तिर्नुपर्छ । कति जरिवाना तिर्ने भन्ने धुलोको परिमाणको आधारमा तय हुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : ३४ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका