सस्तो खालको आइफोन आउँदै, कति पर्छ मूल्य ? « Khabarhub

सस्तो खालको आइफोन आउँदै, कति पर्छ मूल्य ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एप्पलले अब सस्तो खालको आइफोन पनि सार्वजनिक गर्ने भएको छ । एप्पलले सन् २०१६ मा नै आइफोन एस इ रिलिज गरेको थियो जुन आइफोन नै एप्पलको सबैभन्दा सस्तो र बजेट आइफोन रहेको थियो ।

उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ दुई रिलिज गर्ने भनिएको छ । बजेट आइफोनको फिचरहरु लिक भएको छ । जस अनुसार बजेट आइफोनमा ४.७ इन्चको नच नभएको डिस्प्ले हुनेछ र उक्त आइफोनको डिजाइन आइफोन ६ वा आइफोन ७ सँग मिल्दो हुनेछ ।

आइफोन एस इ को तुलनामा यस आइफोन मोटो हुने र निकै ठूलो हुने अनुमान गरिएको छ । यस आइफोनको पछाडीको भाग सिसाले बनेको हुनेछ । यसर्थ, बजेट आइफोनमा पनि वायरलेस चार्जिंग प्रविधि हुनसक्ने सम्भावना रहेको छ ।

अगाडी पुरानो आइफोनहरूमा जस्तै होम बटन हुनेछ र उक्त होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि हुनेछ । नयाँ आइफोनहरूमा होम बटन हटाइएको छ र फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छैन – फिंगरप्रिन्ट स्क्यानरको सट्टामा अनुहार स्क्यान गर्न मिल्ने प्रविधि राखिएको छ । अनुहार स्क्यान गरेर आइफोन अनलक गर्न मिल्ने प्रविधि अर्थात् फेस आइडी भने बजेट आइफोनमा उपलब्ध हुने छैन ।

उक्त स्रोत कै अनुसार यस नयाँ बजेट आइफोनमा ३ जीबी र्याम र नया ए १३ बायोनिक प्रोसेसर हुनेछ । यो प्रोसेसर नयाँ महंगा आइफोनहरूमा प्रयोग भएको प्रोसेसर हो । यो कुरा सत्य भएको खण्डमा बजेट आइफोन पनि महंगा फ्ल्याग्शिप आइफोनहरू जतिकै फास्ट हुनेछ ।

यसै गरेर बजेट आइफोन ६४ जीबी वा १२८ जीबी स्टोरेजमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ । ६४ जीबी स्टोरेज भएको बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर हुने दाबी पनि उक्त स्रोतले गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  २ : ५२ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय