मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ: पूर्वराष्ट्रपति यादव « Khabarhub

मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ: पूर्वराष्ट्रपति यादव


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् । चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने , “जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।”

विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो ।

देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उनले बताए ।

तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति डा यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : ५० बजे

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन