काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, हरियो मसला, च्याउ तथा माछासहितका कृषिउपजको मूल्य निर्धारण गरिएको हो।
समितिका अनुसार ठूलो गोलभेँडा नेपालीको मूल्य प्रतिकिलो ७० रुपैयाँ र भारतीयको ८० रुपैयाँ कायम गरिएको छ। सानो गोलभेँडा लोकल ३० रुपैयाँ तथा टनेल ५८ रुपैयाँ प्रतिकिलो तोकिएको छ। यस्तै, रातो आलु लाम्चो ५१, गोलो ५३, मुढे ५३ र भारतीय ३७ रुपैयाँ तथा सेतो आलु ३५ रुपैयाँ प्रतिकिलो रहेको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६४ रुपैयाँ तोकिएको छ।
गाजर लोकल प्रतिकिलो १२० रुपैयाँ र तराईको ८० रुपैयाँ, बन्दा लोकल तथा तराईको ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ तथा रातो र सेतो मूला ३०–३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। लाम्चो भन्टा ५० र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलो रहेको छ।
बोडी तने र मकै बोडी प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी लोकल तथा हाइब्रिड ९०–९० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ र भटमास कोसा १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ। तीते करेला ५०, लौका ६०, परवर ६०, चिचिण्डो ३०, घिरौँला ३०, झिगुनी ६०, फर्सी पाकेको ६०, हरियो फर्सी ६०, भिन्डी ५०, पिँडालु १०० तथा स्कुस ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १३० रुपैयाँ, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ। कन्य च्याउ २८०, डल्ले च्याउ ४५०, राजा च्याउ ३३० तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो रहेको छ।
कुरिलो प्रतिकिलो ५००, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन ३००, रातो बन्दा ४०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, सौफको साग १५०, पुदिना ५००, गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६० तथा गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जनको ३००, मालभोग केरा २००, कागती २५०, अनार ४०० तथा मालदह आँप २८० रुपैयाँ प्रतिकिलो तोकिएको छ। चोसा आँप २५०, हरियो तरबुजा ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १५, लोकलक्रस काँक्रो ५० तथा रुख कटहर ६० रुपैयाँ प्रतिकिलो रहेको छ।
त्यस्तै, लोकल नास्पाती प्रतिकिलो ९० रुपैयाँ, चाइनिज नास्पाती २००, नेपाली मेवा ९०, भारतीय मेवा १२०, लप्सी ६०, अमला २८०, एभोकाडो ५००, काँचो नरिवल ८० तथा हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ। नेपाली ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ५०० रुपैयाँ कायम गरिएको छ।
मसला तथा अन्य कृषिउपजमा अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५०, लाम्चो हरियो खुर्सानी ९०, बुलेट हरियो खुर्सानी ९०, माछे खुर्सानी ६० तथा अकबरे खुर्सानी ३०० रुपैयाँ प्रतिकिलो रहेको छ। भेडे खुर्सानी ८०, हरियो लसुन १८०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २०० तथा सुकेको छ्यापी २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ तथा ताजा रहु माछा ३७०, बचुवा ३३० र छडी माछा ३३० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।












प्रतिक्रिया