विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न « Khabarhub

विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जीवन साथिसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै ।

सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन ।

प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको हुनेछ । तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाइँले तपाइँको भावी जीवन साथीका बारेमा धेरै धेरै कुरा थाहा पाउनु भएको हुनेछैन ।

जसका कारण वैवाहिक जीवनमा पनि समस्या देखा पर्न जान सक्छ ।

त्यस कारण तपाइँले केही सावधानी अपनाउन आवश्यक हुन्छ र पार्टनर हुन लागेको व्यतिका बारेमा धेरै जानकारी लिनका लागि केही विषयबारे सोध्नु पर्ने हुन्छ ।

जसका कारण तपाइँको आगामी दिनहरु सुखपूर्वक वित्ने छ ।

विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी प्रश्नहरु:-

१. तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?

हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस् । जसले गर्दा उसको व्यवहारको बारेमा बुझ्न तपाईलाई सजिलो हुनसक्छ ।

२. कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?

पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ  ।

३. खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?

पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् ।

४. पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् ।

५. बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?

आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई बिवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् ।

बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस् | जसले गर्दा पछि आउने समस्याबाट छुटपाउन सकिन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ४४ बजे

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज