विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न | Khabarhub Khabarhub

विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जीवन साथिसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै ।

सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन ।

प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको हुनेछ । तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाइँले तपाइँको भावी जीवन साथीका बारेमा धेरै धेरै कुरा थाहा पाउनु भएको हुनेछैन ।

जसका कारण वैवाहिक जीवनमा पनि समस्या देखा पर्न जान सक्छ ।

त्यस कारण तपाइँले केही सावधानी अपनाउन आवश्यक हुन्छ र पार्टनर हुन लागेको व्यतिका बारेमा धेरै जानकारी लिनका लागि केही विषयबारे सोध्नु पर्ने हुन्छ ।

जसका कारण तपाइँको आगामी दिनहरु सुखपूर्वक वित्ने छ ।

विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी प्रश्नहरु:-

१. तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?

हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस् । जसले गर्दा उसको व्यवहारको बारेमा बुझ्न तपाईलाई सजिलो हुनसक्छ ।

२. कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?

पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ  ।

३. खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?

पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् ।

४. पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् ।

५. बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?

आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई बिवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् ।

बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस् | जसले गर्दा पछि आउने समस्याबाट छुटपाउन सकिन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ४४ बजे

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा फाइदै फाइदा

काठमाडौं– ड्राइ फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राइ फ्रुट्स स्न्याक्सको 

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा– पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को

काभ्रेका ९५ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप, केहीले मानेनन्

काभ्रे– राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म

च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम