कोरोना महामारीः २४ घण्टामा थप १ सय ३ को मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो « Khabarhub

कोरोना महामारीः २४ घण्टामा थप १ सय ३ को मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको सीएनएनले जनाएको छ ।

एक हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।

अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको  टोली सोमबार चीन पुगेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ  ।

हुबेको स्वास्थ्य आयोगले सोमबार २ हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । आइतबार सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।

 

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : १३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति