रोजगारीको कोटा बढाउन दक्षिण कोरियालाई नेपालको आग्रह « Khabarhub

रोजगारीको कोटा बढाउन दक्षिण कोरियालाई नेपालको आग्रह


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका हुन् ।

भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न आग्रह गरेका थिए ।

भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । सो अवसरमा उनले तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि आग्रह गरेका थिए ।

भेटमा राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताएका थिए ।

कोरियामा रहेका नेपाली कामदारको आत्महत्यासम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उनले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने बताएका थिए ।

उनले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ५४ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल