चीनका चार सैनिकमाथि अमेरिकाले लगायो साइबर आक्रमणको अभियोग « Khabarhub

चीनका चार सैनिकमाथि अमेरिकाले लगायो साइबर आक्रमणको अभियोग


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले चीनका चार सैनिक अधिकारीमाथि साइबर आक्रमणमा संलग्न भएको आरोपमा अभियोग दर्ता गरेको छ ।

क्रेडिट रेटिङ जाइन्ट एक्वीफ्याक्समा भएको ठूलो साइबर आक्रमणमा संलग्न भएको आरोप ती चिनियाँ सैनिक अधिकारीमाथि छ ।

सन् २०१७ मा भएको सो साइबर आक्रमणका कारण १४७ मिलियन भन्दा बढी अमेरिकी प्रभावित भएका थिए ।

ह्याकरले उनीहरुको नाम, ठेगानासहितका व्यक्तिगत जानकारी चोरी गरेका थिए । बेलायत र क्यानडाका केही मानिस पनि प्रभावित भएका थिए ।

चीनका सैनिक अधिकारीमाथि अभियोग दर्ता गरेको घोषणा गर्दै अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले सन् २०१७ मा भएको सो साइबर आक्रमण ‘इतिहासकै सबैभन्दा ठूलो आक्रमण’ रहेको उल्लेख गरे ।

अदालतमा दर्ता गरिएका कागजात अनुसार आरोपित चारैजना चीनको पिपुल्स लिबरेसन आर्मीको ५४ औँ अनुसन्धान इन्स्टिच्युडका सदस्य हुन् । सो इन्स्टिच्युड चिनियाँ आर्मी मातहतकै संस्था हो ।

चिनियाँ सैनिक अधिकारीले हप्तौँसम्म कम्पनीको प्रणालीमा निगरानी गरेर त्यसको सुरक्षा प्रणाली तोडी व्यक्तिगत जानकारी चोरी गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ३२ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ