नियम उल्लंघन गर्ने २ हजार ३५ सवारी चालकलाई ट्राफिकको कारबाही | Khabarhub Khabarhub

नियम उल्लंघन गर्ने २ हजार ३५ सवारी चालकलाई ट्राफिकको कारबाही


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३५ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८० जना, लेन उल्लंघन गर्ने २ सय ३५ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ६० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ६० जना, टिपर कारबाहीमा ३५ जना छन् ।

सीसीटीभीमार्फत कारबाही १ सय, सडक तथा फुटपाथमा पार्किङ गर्ने २३ सय ६५ जना, अनावश्यक हर्न बजाउने ५१ जना, ब्हील लकबाट १ सय २७ जना र अन्य १ हजार ३९ जना गरी जम्मा २ हजार ३५ सवारी चालक कारबाहीमा परेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् भने ३० जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार सोमबार १६ हजार ३ सय ३२ सवारी साधनबाट ९० हजार ४ सय ३९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १४ हजार ३ सय ६५ सवारी साधनबाट ८५ हजार ५ सय ९० जना यात्रु बाहिरिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ३८ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड