नियम उल्लंघन गर्ने २ हजार ३५ सवारी चालकलाई ट्राफिकको कारबाही « Khabarhub

नियम उल्लंघन गर्ने २ हजार ३५ सवारी चालकलाई ट्राफिकको कारबाही


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३५ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८० जना, लेन उल्लंघन गर्ने २ सय ३५ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ६० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ६० जना, टिपर कारबाहीमा ३५ जना छन् ।

सीसीटीभीमार्फत कारबाही १ सय, सडक तथा फुटपाथमा पार्किङ गर्ने २३ सय ६५ जना, अनावश्यक हर्न बजाउने ५१ जना, ब्हील लकबाट १ सय २७ जना र अन्य १ हजार ३९ जना गरी जम्मा २ हजार ३५ सवारी चालक कारबाहीमा परेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् भने ३० जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार सोमबार १६ हजार ३ सय ३२ सवारी साधनबाट ९० हजार ४ सय ३९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १४ हजार ३ सय ६५ सवारी साधनबाट ८५ हजार ५ सय ९० जना यात्रु बाहिरिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ३८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको