यी १० अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन घातक « Khabarhub

यी १० अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन घातक


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसुन खानु स्वादका लागि मात्र होइन औषधीका रुपमा समेत प्रयोग हुन्छ । तर कतिपय अवस्थामा लसुनले स्वास्थ्यका लागि फाइदा नै पुर्‍याउँछ भन्ने छैन ।

केही अवस्थामा लसुनले मानव स्वास्थ्यका लागि निकै ठूलो असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् । कस्तो रोग भएमा लसुन खानु हुँदैन । यस विषयमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

१. कलेजोको समस्या

कलेजोमा समस्या भएमा तथा कलेजोका रोगीहरुले लसुन खानु उपयुक्त मानिदैन । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

२. ओषधि प्रयोग गरिरहेको अवस्थामा

होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

३. लो ब्लड प्रेसरको समस्यामा

धेरै लसुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिलेदेखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन खानु स्थास्थ्यका लागि झन घातक मानिन्छ ।

४. एनिमियाको समस्या भएमा

लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ । तसर्थ यस्तो अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन खतरा हुने चिकित्सक बताउँछन् ।

५. पेटमा समस्या भएमा

यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखान चिकित्सकहरु सुझाउँछन् ।

६. गर्भ निरोधक पिल्स खाइरहेके अवस्थामा

धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस ।

७. यदि गर्भवती अवस्थामा

लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

८. सर्जरी गरिएको अवस्था

लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ

९. एलर्जीको समस्या हुँदा

जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन सक्छ ।

१०. रगत पातलो बनाउने औषधि खाइरहेको अवस्थामा

लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ११ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी