एक्सन प्याक फिल्ममा काम गर्ने चाहना छ – सुशील श्रेष्ठ « Khabarhub

एक्सन प्याक फिल्ममा काम गर्ने चाहना छ – सुशील श्रेष्ठ


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ मा सुशील श्रेष्ठले शीर्ष भूमिका निभाएका छन् । यो फिल्ममा उनका अलावा विश्वजीत रिमाल र रुविना थापाको पनि शीर्ष भूमिका छ ।

सौरभ चौधरीले निर्देशन गरेको यो फिल्मको यतिबेला चर्चा छ । मुख्य भूमिकामा देखिएका सुशीलले होस्टेल रिटर्न् बाट राम्रो प्रतिक्रिया पाए । तर, उक्त फिल्मबाहेक अरु फिल्मले भने सुशीलले सफलता दिन सकेनन् ।

उनको शीर्ष भूमिका रहेको ‘शायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ फ्लप हुँदा सुशीललाई यतिबेला थप जोखिम छ । फ्लप फिल्म दिए पनि उनलाई फिल्ममा अफर त आइरहेका छन् तर आफूले धेरै फिल्म खेलेर असफल फिल्मको चाङ लगाउन चाहन्नन् सुशील ।

‘यसअघिका मेरा फिल्ममा किन काम गरेछु भन्ने  चाहिँ लाग्दैन, किनकि त्यो कामले पनि मलाई धेरै सिकाएको छ,’ सुशील सुनाउँछन्, ‘तर अब भने फिल्म छान्ने क्रममा थप विचार पुर्‍याउँछु ।’

‘लभ डायरिज’ एक धनी बुबाको घमण्डी छोराको भूमिका निभाएका सुशील यो फिल्मबाट पनि उत्तिकै आशावादी छन् । उनी भन्छन्, ‘फिल्मबाट म आशावादी छु, मैले सक्दो मेहनत गरेको छु, फिल्मकै लागि भनेर ज्यान पनि त्यही अनुसारको बनाएको थिएँ ।’

आफूलाई अब एक्सन प्याक फिल्ममा काम गर्न मन लागेको सुशील सुनाउँछन् । यसअघि पनि एक्सनका साथ देखिएका सुशील थप आकर्षक एक्सनसहित फिल्ममा प्रस्तुत हुन चाहेको बताउँछन् ।

‘लभ डायरिज पनि मन परेकै कारण अभिनय गर्न तयार भएको हुँ, अब भने एक्सन फिल्ममा काम गर्न मन छ,’ उनी भन्छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ४७ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित