ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं आईजी | Khabarhub Khabarhub

ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं आईजी


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् ।

२५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका ज्ञवालीले महानिरीक्षक बन्दा आफ्नै ब्याचका २ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य २ जना डीआईजीहरु तारणि लम्साल र सूर्य उपाध्यायलाई उछिन्दै ज्ञवाली महानिरीक्षक बन्न सफल भए ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका ज्ञवालीलाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षमा बढुवा गरिएको हो ।

हालका आईजी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकासमा जाँदै छन् । २९ माघ २०४६ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका खनाल २७ चैत २०७४ को मन्त्रिपरिषद बैठकको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट महानिरीक्षक (आईजी)मा बढुवा भएका थिए ।

खनालसँगै ३० वर्षे सेवा अवधिका कारण ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि अनिवार्य अवकासमा जाँदै छन् ।

यसबाहेक खनालसँगै सेवा प्रवेश गरेका अन्य १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु पनि बुधबारबाट अनिवार्य अवकासमा जाँदै छन् ।

प्रहरीको नयाँ महानिरीक्षक बनेका ज्ञवाली प्रहरी नियमावली २०७१ मा रहेको ३० वर्षे सेवा अवधि कायमै रहे २४ असार २०७७ सम्म मात्रै सेवामा रहनेछन् । महानिरीक्षक बनेका ज्ञवालीसहित उनका ब्याचीहरुले अबको करिब ५ महिना पछि अनिवार्य अवकास पाउनेछन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ०८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका