सुदूरपश्चिममा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु | Khabarhub Khabarhub

सुदूरपश्चिममा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग सङ्क्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु गरेको हो ।

अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका ९ वटै जिल्लाका १ सय ३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ । आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा ३ वटा टोली गठन गरी सर्वेक्षण कार्य थालनी भइसकेको उनले जानकारी दिए ।

५० वर्ष उमेरमाथिका जनसङ्ख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने गेटा आँखा अस्पतालका व्यवस्थापक भट्टको भनाइ छ ।  नेपालमा कूल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको भट्टले बताए ।

सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ ।

गेटा आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पा“च देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा १ दशमलव २ प्रतिशत र महाकाली अञ्चलमा ० दशमलव ८ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको देखिएको थियो । यस्तै, दोस्रो प्रमुख कारण ट्रकोमा रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ३० बजे

कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं- गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार

अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’

क्वालालम्पुर- संयुक्त राज्य अमेरिका र चीनबीच शनिबार मलेसियामा भएको व्यापार

‘सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ’

अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट

चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै : उपमहासचिव ज्ञवाली

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव

लेक लागेर भरियाको मृत्यु

मनाङ– मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने