ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य « Khabarhub

ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर पूरा खेल्दै ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको हो ।

अमेरिकाकी बलरमाथि ओमानका कप्तान जिसन मक्सुद र अलराउण्डर आकिब इलियासले दोहोरो शतकिय इनिङ्स खेल्दै टोलीका लागि २ सय १७ रनको योगदान गरेका गरेका थिए । त्यसक्रममा कप्तान मक्सुद र इलियास दुवै जनाले शतक पूरा गरे । जसमा मक्सुदले १०९ बलमा १० चौका र ४ छक्काको मद्दतमा १०९ रन बनाएर आउट भएका थिए ।

यता, इलियासीले १ सय २३ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १ सय ५ रन बनाए । उनी जारी शृङ्खलामा लागातार दोस्रो शतक बनाउने एक मात्रै खेलाडी हुन् । यसअघि उनले नेपालविरुद्ध शतक प्रहार गरेका थिए ।

योसँगै लिग २ मा सर्वाधिक रन बनाउनेमा इलियासी शीर्ष स्थानमा छन् । उनले १० खेलमा ६ सय ७ रन बनाएका छन् भने दोस्रो स्थानमा अमेरिकाका आरोन जोन्स छन् । उनको ३ सय ६३ रन रहेको छ । यस्तै, ओमानका लागि सन्दीप गौडले १२ र खबार अलिले १० रन बनाएका थिए ।

ओमानविरुद्ध अमेरिकी टोलीले कमजोर प्रदर्शन जारी राखेको छ । टस जितेर फिल्डिङ रोेजेको अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्कर र रस्टी थेरमले समान ३– ३ विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : १३ बजे

किबीबाट जाम उत्पादन सुरु

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो)

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

काठमाडौँ – कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका

काठमाडौँका आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिँदै

काठमाडौँ – ‘हिलर’ आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिने

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ललितपुर – ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो

काठमाडौँ – आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ