निर्माताले सेटमै पारिश्रमिक घटाउन भनेपछि रजनीकान्त हैरान ! | Khabarhub Khabarhub

निर्माताले सेटमै पारिश्रमिक घटाउन भनेपछि रजनीकान्त हैरान !


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले अभिनय गरेको ‘दरबार’ असफल भएपछि उनी विवादमा छन् । वितरकहरुले रजनीकान्तसँग मुआब्जा मागिरहेको खबर फैलिएको थियो ।

निर्देशक ए आर मुरुगाादासको यो फिल्मले कमाल गर्ने अनुमान गरिएको थियो । तर, फिल्म चलेन । निर्माता घाटामा गएपछि रजनीकान्तको पारिश्रमिकलाई लिएर विभिन्न खबर बाहिर आएका छन् ।

‘दरबार’ पछि रजनीकान्त फिल्म ‘थलाइवर १६८’ को छायांकनमा व्यस्त छन् । खबरका अनुसार यो फिल्मका लागि रजनीकान्तले आफ्नो पारिश्रमिक घटाएका छन् ।

रजनीकान्तलाई फिल्म ‘थलाइवर १६८’ को सेटमा निर्माताले भेटे र आफ्नो पारिश्रमिक कम गर्न भने । रजनीकान्त निर्माताको यो फैसलाबाट हैरान थिए । तर उनले आफ्नो पारिश्रमिक घटाएर आधा गरिदिए ।

भारतीय मिडियाका अनुसार यो फिल्म रजनीकान्तको १६८ औं फिल्म हो । फिल्ममा रजनीकान्तका अलावा, नयनतारा, कीर्ति सुरेश, खुश्बु लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

यो फिल्म सन् २०२० को तिहारमा आउने बताइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : २८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग