निर्माताले सेटमै पारिश्रमिक घटाउन भनेपछि रजनीकान्त हैरान ! « Khabarhub

निर्माताले सेटमै पारिश्रमिक घटाउन भनेपछि रजनीकान्त हैरान !


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले अभिनय गरेको ‘दरबार’ असफल भएपछि उनी विवादमा छन् । वितरकहरुले रजनीकान्तसँग मुआब्जा मागिरहेको खबर फैलिएको थियो ।

निर्देशक ए आर मुरुगाादासको यो फिल्मले कमाल गर्ने अनुमान गरिएको थियो । तर, फिल्म चलेन । निर्माता घाटामा गएपछि रजनीकान्तको पारिश्रमिकलाई लिएर विभिन्न खबर बाहिर आएका छन् ।

‘दरबार’ पछि रजनीकान्त फिल्म ‘थलाइवर १६८’ को छायांकनमा व्यस्त छन् । खबरका अनुसार यो फिल्मका लागि रजनीकान्तले आफ्नो पारिश्रमिक घटाएका छन् ।

रजनीकान्तलाई फिल्म ‘थलाइवर १६८’ को सेटमा निर्माताले भेटे र आफ्नो पारिश्रमिक कम गर्न भने । रजनीकान्त निर्माताको यो फैसलाबाट हैरान थिए । तर उनले आफ्नो पारिश्रमिक घटाएर आधा गरिदिए ।

भारतीय मिडियाका अनुसार यो फिल्म रजनीकान्तको १६८ औं फिल्म हो । फिल्ममा रजनीकान्तका अलावा, नयनतारा, कीर्ति सुरेश, खुश्बु लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

यो फिल्म सन् २०२० को तिहारमा आउने बताइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : २८ बजे

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि