आन्तरिक सुद्धिकरणका कारण प्रहरी संगठन सर्वोत्कृष्ट ठहर भयो– आईजी खनाल | Khabarhub Khabarhub

आन्तरिक सुद्धिकरणका कारण प्रहरी संगठन सर्वोत्कृष्ट ठहर भयो– आईजी खनाल


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा संगठनको सुधार तथा आन्तरिक सुद्धिकरणको क्षेत्रमा महत्वपूर्ण काम भएको बताएका छन् ।

आईजी खनालले तल्लो तहका प्रहरी कर्मचारी (जवान)हरुको मनोवल उकास्नका लागि पनि आफूले अनवरत रुपमा काम गरेको बताए ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित नवनिर्मित अडिटोरियम र ब्यारेक भवन उद्घाटन कार्यक्रममा बोल्दै आईजी खनालले आन्तरिक सुद्धिकरणकै कारण नेपाल प्रहरी सर्वोच्कृष्ट हुन सफल भएको पनि दाबी गरे ।

आईजी खनालले सेवा निवृत्त भइसकेपछि पनि भ्रष्टाचार विरोध अभियानमा सक्रिय रहने प्रतिक्रिया दिए ।

मंगलबारबाट नै अवकासमा जान लागेका खनालले प्रहरी कर्मचारीले सदैव निष्ठापूर्वक कानून कार्यान्वय गर्ने काममा सक्रिय हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  २ : ५१ बजे

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको