चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चित, १ सय ९९ कोठा तयारी अवस्थामा « Khabarhub

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चित, १ सय ९९ कोठा तयारी अवस्थामा


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको पनि बताए ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिए ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट एक सय ८५ जना नेपालीलाई वाइडवडी विमानमा एकैपटक स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ ।

चीनमा रहेका नेपाली स्वदेश ल्याउन ८६ जना स्वास्थ्यकर्मी तथा विमानका कर्मचारीलाई कोरोना भाइरसको विषयमा तालिम समेत दिइसकेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जाकारी दिए । स्वदेश ल्याइने नेपालीमा कोरोना भाइरसको लक्षण देखिएमा विमानस्थलबाटै सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिने छ भने  अन्य नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ३ : ४२ बजे

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध