चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चित, १ सय ९९ कोठा तयारी अवस्थामा « Khabarhub

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चित, १ सय ९९ कोठा तयारी अवस्थामा


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको पनि बताए ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिए ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट एक सय ८५ जना नेपालीलाई वाइडवडी विमानमा एकैपटक स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ ।

चीनमा रहेका नेपाली स्वदेश ल्याउन ८६ जना स्वास्थ्यकर्मी तथा विमानका कर्मचारीलाई कोरोना भाइरसको विषयमा तालिम समेत दिइसकेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जाकारी दिए । स्वदेश ल्याइने नेपालीमा कोरोना भाइरसको लक्षण देखिएमा विमानस्थलबाटै सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिने छ भने  अन्य नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ३ : ४२ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’