अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा ५ जना मारिए « Khabarhub

अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा ५ जना मारिए


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५ जनाको ज्यान गएको छ । अफगान सरकारको रक्षा विश्वविद्यालयको प्रवेशद्वार नजिक आत्मघाती आक्रमणकारीले विष्फोट गराएको हो ।

मार्शल फहिम सैनिक विद्यालयको प्रवेशद्वार नजिक गराइएको विष्फोटबाट अरु १२ जना घाइते भएको अफगान आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

युरोपेली शैलीको सैनिक विद्यालयमा अफगान सेनामा भर्ती हुनेका लागि तालिम दिइने गरिएको छ । यसअघि पनि यस विद्यालयलाई लक्षित गरी आक्रमणहरु हुँदै आएका छन् ।

मारिनेमा ३ सैनिक तथा २ सर्वसाधारण छन् । घाइते १२ जनामध्ये ५ जना सर्वसाधारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

यद्यपि विगतमा अफगानिस्तानमा सक्रिय लडाकु समूहहरु तालिबान र इस्लामिक स्टेटले अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी यस्ता आत्मघाती बम आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : ३१ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी