फिलिपिन्स अमेरिकासँग भएको रक्षा सम्झौताबाट बाहिरिने « Khabarhub

फिलिपिन्स अमेरिकासँग भएको रक्षा सम्झौताबाट बाहिरिने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकासँग भएको रक्षा सम्झौता रद्द गरेका छन् ।

दुई मुलुकबीचको रक्षा सम्झौताबाट बाहिरिने धम्की दिँदै आएका डुटेर्टेले अमेरिकासँग सन् १९९८ मा भएको ‘भिजिटिङ फोर्सेस एग्रिमेन्ट’ बाट बाहिरिनेबारे मंगलबार अमेरिकी निकायलाई औपचारिक जानकारी गराइएको फिलिपिनी अधिकारीले जनाएका छन् ।

‘अब हामीले रक्षा मामिलामा आफ्नो रक्षा आफैँ मजबुत बनाएर अरु कुनै मुलुकको भर नपरी स्वाबलम्बी हुने बेला आएको छ ।’ डुटेर्टेलाई उद्धृत गर्दै उनका प्रवक्ता साल्भाडोर पनेलोले जनाएका छन् । फिलिपिनी विदेशमन्त्री थियोडोरो कोक्सिनले ट्विटरमार्फत् रक्षा सम्झौताबाट बाहिरिएकोबारे मनिलामा रहेको अमेरिकी दूतावासले औपचारिक जानकारी प्राप्त गरेको पुष्टि गरेका छन् ।

अमेरिकाले फिलिपिन्सका एकजना सिनेटर एवं डुटेर्टेका आलोचकलाई पक्राउ गरेको विषयलाई लिएर पूर्व प्रहरी प्रमुख रोनाल्ड डेला रोसाको भिसा रद्द गरेपछि डुटेर्टे अमेरिकासँग चिढिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई यो सम्झौताबाट नबाहिरिन अमेरिकी राष्ट्रपतिले समेत आग्रह गरेको बताइएको छ । ‘ट्रम्प र अरुले यो सम्झौता जोगाउने कोशिस गरेका थिए । तर, मलाई यो सम्झौता चाहिँदैन भनेर मैले भनिदिएँ ।’ डुटेर्टेको भनाइ छ ।

सन् १९५० देखि रक्षा सहकार्य रहँदै आएको फिलिपिन्स र अमेरिक परस्पर रक्षा सन्धीमा बाँधिएका छन् । पछिल्लो पटक ओबामा प्रशासनका बेला अमेरिका र फिलिपिन्सबीच विस्तृत रक्षा सहकार्य सम्झौतामा हस्ताक्षार भएको थियो । यी दुबै सन्धी सम्झौता भने यथावत छन् ।

कुनै एक पक्ष बाहिरिन चाहेको खण्डमा १८० दिनभित्र यो सम्झौता रद्द हुने प्रावधान छ । हजारौं अमेरिकी सैनिक यही सम्झौताका आधारमा फिलिपिन्समा रहँदै आएका छन् । अमेरिकी सेनाले फिलिपिन्समा मानवीय सहायता र हरेक वर्ष दर्जनौं सैनिक अभ्यास गर्दै आएका छन् ।

राष्ट्रपति डुटेर्टेले सैनिक मामिलामा अमेरिकाको भर नपरी स्वतन्त्र रहन चाहेको बताउँदै आएका थिए । अमेरिकी सेना रहेको खण्डमा आफ्नो मुलुक अमेरिकाका दुश्मनको आक्रमणको चपेटामा पर्नसक्ने भएकाले अमेरिकासँग द्विपक्षीय रक्षा सम्झौताबाट बाहिरिनुपर्ने डुटेर्टेको भनाइ छ ।

त्यसबाहेक डुटेर्टेले अमेरिकी सेनाले आफ्नो मुलुकमा गोप्य सैनिक कारवाहीहरु चलाउँदै आएको समेत आरोप लगाउँदै आएका छन् । सोमबारमात्र डुटेर्टेले एक सम्बोधनका क्रममा आफ्नो मुलुकमा अमेरिकी आणविक बम रहेको बताएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ०० बजे

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार

कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापति नियुक्त

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ

माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी 

काठमाडौं– माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकाले पनि समितिको

अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन

तेहरान- अमेरिकी नौसेनाको नाकाबन्दीबीच इरानले कडा चेतावनी दिँदै आफ्ना अधिकार

अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति

काठमाडौं– सुनसरी–३ बाट निर्वाचन जितेका अशोक चौधरीलाई कृषि सहकारी तथा