फिलिपिन्स अमेरिकासँग भएको रक्षा सम्झौताबाट बाहिरिने « Khabarhub

फिलिपिन्स अमेरिकासँग भएको रक्षा सम्झौताबाट बाहिरिने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकासँग भएको रक्षा सम्झौता रद्द गरेका छन् ।

दुई मुलुकबीचको रक्षा सम्झौताबाट बाहिरिने धम्की दिँदै आएका डुटेर्टेले अमेरिकासँग सन् १९९८ मा भएको ‘भिजिटिङ फोर्सेस एग्रिमेन्ट’ बाट बाहिरिनेबारे मंगलबार अमेरिकी निकायलाई औपचारिक जानकारी गराइएको फिलिपिनी अधिकारीले जनाएका छन् ।

‘अब हामीले रक्षा मामिलामा आफ्नो रक्षा आफैँ मजबुत बनाएर अरु कुनै मुलुकको भर नपरी स्वाबलम्बी हुने बेला आएको छ ।’ डुटेर्टेलाई उद्धृत गर्दै उनका प्रवक्ता साल्भाडोर पनेलोले जनाएका छन् । फिलिपिनी विदेशमन्त्री थियोडोरो कोक्सिनले ट्विटरमार्फत् रक्षा सम्झौताबाट बाहिरिएकोबारे मनिलामा रहेको अमेरिकी दूतावासले औपचारिक जानकारी प्राप्त गरेको पुष्टि गरेका छन् ।

अमेरिकाले फिलिपिन्सका एकजना सिनेटर एवं डुटेर्टेका आलोचकलाई पक्राउ गरेको विषयलाई लिएर पूर्व प्रहरी प्रमुख रोनाल्ड डेला रोसाको भिसा रद्द गरेपछि डुटेर्टे अमेरिकासँग चिढिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई यो सम्झौताबाट नबाहिरिन अमेरिकी राष्ट्रपतिले समेत आग्रह गरेको बताइएको छ । ‘ट्रम्प र अरुले यो सम्झौता जोगाउने कोशिस गरेका थिए । तर, मलाई यो सम्झौता चाहिँदैन भनेर मैले भनिदिएँ ।’ डुटेर्टेको भनाइ छ ।

सन् १९५० देखि रक्षा सहकार्य रहँदै आएको फिलिपिन्स र अमेरिक परस्पर रक्षा सन्धीमा बाँधिएका छन् । पछिल्लो पटक ओबामा प्रशासनका बेला अमेरिका र फिलिपिन्सबीच विस्तृत रक्षा सहकार्य सम्झौतामा हस्ताक्षार भएको थियो । यी दुबै सन्धी सम्झौता भने यथावत छन् ।

कुनै एक पक्ष बाहिरिन चाहेको खण्डमा १८० दिनभित्र यो सम्झौता रद्द हुने प्रावधान छ । हजारौं अमेरिकी सैनिक यही सम्झौताका आधारमा फिलिपिन्समा रहँदै आएका छन् । अमेरिकी सेनाले फिलिपिन्समा मानवीय सहायता र हरेक वर्ष दर्जनौं सैनिक अभ्यास गर्दै आएका छन् ।

राष्ट्रपति डुटेर्टेले सैनिक मामिलामा अमेरिकाको भर नपरी स्वतन्त्र रहन चाहेको बताउँदै आएका थिए । अमेरिकी सेना रहेको खण्डमा आफ्नो मुलुक अमेरिकाका दुश्मनको आक्रमणको चपेटामा पर्नसक्ने भएकाले अमेरिकासँग द्विपक्षीय रक्षा सम्झौताबाट बाहिरिनुपर्ने डुटेर्टेको भनाइ छ ।

त्यसबाहेक डुटेर्टेले अमेरिकी सेनाले आफ्नो मुलुकमा गोप्य सैनिक कारवाहीहरु चलाउँदै आएको समेत आरोप लगाउँदै आएका छन् । सोमबारमात्र डुटेर्टेले एक सम्बोधनका क्रममा आफ्नो मुलुकमा अमेरिकी आणविक बम रहेको बताएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ०० बजे

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले