शेयर बजार नेप्से दोहोरो अंकले वृद्धि « Khabarhub

शेयर बजार नेप्से दोहोरो अंकले वृद्धि


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ ।

कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ १४.४८, होटल १.५६, विकास बैंक १८.६४, जलविद्युत् ९.८९, वित्त २.९१, निर्जीवन बीमा ९३.४७, उत्पादन २०.२६, अन्य ६.३९, लघुवित्त ७०.२२, जीवन बीमा ५३.२६ र सामूहिक लगानी कोष ०.१६ ले बढेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड दुई लाख १२ हजार ४५ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै एनआइसी एशिया बैंक रु ११ करोड २३ लाख २० हजार ३०२, सिभिल बैंक रु आठ करोड ३४ लाख १० हजार २१८, छिमेक लघुवित्त विकास बैंक रु पाँच करोड ३३ लाख ५० हजार ८३४, नागरिक लगानी कोष रु पाँच करोड २२ लाख ८२ हजार ९२६ र स्वरोजगार लघुवित्त विकास बैंकको रु तीन करोड ४९ लाख २२ हजार ६६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावर का लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट ट्रेडिङ कर्पोरेशन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका शेयरधनीले १.९२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : २१ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई