के छ बागी ३ मा कथा ? « Khabarhub

के छ बागी ३ मा कथा ?


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बागी सिरिज कति सफल छ भने ५ वर्षमा यसको तेस्रो सिक्वेल आइसकेको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ बक्स अफिसमा हिट भयो । त्यसपछि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बागी २’ पनि ब्लकबस्टर भयो ।

यो फिल्मको घोषणाअघि नै तेस्रो सिरिज बनाउने निर्माण टिमले घोषणा गरेको थियो ।

अहमद खानले निर्देशन गरेको यो फिल्म ६ मार्चदेखि प्रदर्शनमा आउँदैछ । नेपालमा पनि फिल्म रिलिज हुने पक्काजस्तै छ । फिल्ममा टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखंडे, जयदीप अहलावत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्ममा रोनी (टाइगर श्राफ) र विक्रम (रितेश देशमुख) दाजुभाइ हुन्छन् । यी दुईको भाइचाराको सम्बन्ध फिल्ममा देख्न सकिन्छ । विक्रमलाई चोट पुगेको रोनीले सहन सक्दैन ।

बच्चैदेखि नै विक्रम समस्यामा पर्दा रोनी बचाउन आइपुग्छ । यस्तै कथा वरिपरि बागी ३ को कथा छ ।

‘बागी ३’ मा विक्रम केही कामका लागि सिरिया जानुपर्ने अवस्था आउँछ । त्यसबेला भाइसँग रोनीले कुरा गरिरहेको हुन्छ । सिरियामा विक्रम अपहरणमा पर्छ । अपहरणमा परेका भाइलाई बचाउन रोनी सिरिया पुग्छ ।

फिल्ममा दाजुभाइको कथा समेटिएको छ । दमदार एक्सनका कारण यो फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ । फिल्मको नेपालमा पनि चर्चा छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : १५ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र