कीर्ते अभियोगमा पक्राउ परेका वडा सदस्य तामाङ धरौटीमा रिहा « Khabarhub

कीर्ते अभियोगमा पक्राउ परेका वडा सदस्य तामाङ धरौटीमा रिहा


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- ओखलढुङ्गामा सरकारी कागजात कीर्ते गरेर सरकारी काम गरेको आरोपमा मुछिएका वडा सदस्य धरौटीमा रिहा भएका छन् ।

उनकै नाममा अर्काले कीर्ते हस्ताक्षर गरेको भनिएता पनि उनको समेत संलग्नता हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको सुनकोशी गाउँपालिका–९ का धनबहादुर तामाङ धरौटीमा छुटेका हुन् ।

आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालतले रु चार लाख धरौटीमा छाडेको वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए ।

“उहाँ त पीडित मान्छे हो । उहाँकै नाममा कीर्ते हस्ताक्षर भएको थियो”, उनले भन्नुभयो, “बयानका लागि बोलाइयो । अदालतले रु चार लाख धरौटी माग्यो । त्यो बुझाएर उहाँ निस्कनुभयो ।”

वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो ।

निर्वाचित वडासदस्य धनबहादुर तामाङको नाममा कार्यवाहक वडाध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त भनिएका सुनकोशी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परेका थिए ।

उनीहरु अहिले पूर्पक्षका लागि कारागारमा छन् । उनीहरुकै बयानका आधारमा वडासदस्य तामाङलाई पनि नियन्त्रणामा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिका–९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैधरुपले सेवा शुल्क भन्दै रकम असुल्ने, छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनधिकृत व्यक्तिका नाममा जग्गा नामसारीसमेत गर्ने गरेको सूचनाका आधारमा प्रहरीले कीर्ते गर्नेविरुद्ध अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : २३ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष