अगुल्टो प्रहारबाट २९ वर्षीया राईको मृत्यु « Khabarhub

अगुल्टो प्रहारबाट २९ वर्षीया राईको मृत्यु


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् ।

छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राले निर्मलालाई चारित्रिक आरोप लगाएपछि उनले पवित्रामाथि अगुल्टो प्रहार गरेको देखिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी धुर्वकुमार श्रेष्ठले जानकारी दिए ।

अगुल्टो प्रहारबाट गंभीर घाइते भएकी पवित्रालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार उनको निधन भएको हो ।

अगुल्टो प्रहार गर्ने निर्मलालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ३७ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार