अन्नपूर्ण आधार शिविरमा स्की खेलको प्रशिक्षण हुने « Khabarhub

अन्नपूर्ण आधार शिविरमा स्की खेलको प्रशिक्षण हुने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रसिद्ध अन्नपूर्ण आधार शिविरमा स्की खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महत्वपूर्ण पर्यटकीय क्षेत्र अन्नपूर्ण क्षेत्रमा स्की/स्नोबोर्डसम्बन्धी प्रशिक्षण कार्यक्रम हुन लागेको आज आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

नेपाल माउन्टेन एकेडेमी, नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले स्की/स्नोबोर्डसम्बन्धी अभिमुखिकरण आयोजना गर्न लागेको हो ।

समुद्री सतहदेखि चार हजरा २०० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा यही जनवरी १३ देखि २४ सम्म तालिम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए ।

कार्यक्रममा लागि १६ सदस्यीय टोली बुधबार आधार शिविर प्रस्थान गर्नेछन् । चार जना स्की प्रशिक्षक पनि सँगै जानेछन् । एक नेपालीसहित दुई जर्मनी र एक इटालिका प्रशिक्षकले स्कीको तालिम दिने जनाइएको छ ।

कार्यक्रमलाई नेपाली स्की सङ्घ, नेपाल भ्रमण वर्ष सचिवालय र स्की गाइड नेपालको सहयोग रहेको छ । प्रतिष्ठानले यसअघि रोल्वालिङ, दोलखाको कालिञ्चोक, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र अन्नपूर्ण आधारशिविरमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

स्कीलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तररष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थितिका लागि यस प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने आयोजकको दाबी छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ५७ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष