मोबाइलबाट पनि लाग्छ भाइरस, जोगाउन गर्नुपर्ने यस्ता छन् दुई काम « Khabarhub

मोबाइलबाट पनि लाग्छ भाइरस, जोगाउन गर्नुपर्ने यस्ता छन् दुई काम


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट संसार आक्रान्त हुँदा अनुसन्धानकर्ताहरुले मोबाइलबाट पनि भाइरसको संक्रमण उच्च रहेको जनाएका छन् ।

कोरोनाभाइरसको अहिले सम्म कुनै खोप तथा उपचार नै पत्ता नलागिरहँदा सबैभन्दा बढि मानिसहरुले प्रयोग गर्ने सामानमध्येको एक मोबाइलबाट पनि यसको जोखिम उच्च रहेको बताइएको हो ।

यस्तो अवस्थामा यसबाट बच्नु अहिलेसम्मको उत्तम उपचार हो । तर सबैभन्दा धेरै स्मार्ट फोन चलाउन आदत भएका मानिसहरुले कसरी यसको जोखिमबाट बच्ने त ? भन्ने प्रश्न अहम बनेको छ ।

यो अवस्थामा हालै दि सनले टेलिग्राफलाई उद्धृत गर्दै स्मार्टफोन प्रयोगकर्ताहरूलाई यस भाइरसबाट कसरी बच्न सकिन्छ भनेर केही सुझावहरू प्रदान गरिएको छ ।

टेलिग्राफसँग कुरा गर्दै युनिभर्सिटी अफ साउथ्याम्प्टनका प्रोफेसर विलियम केभिलले भने कि यदि तपाईँले आफ्नो हात धोएर आफ्नो स्मार्टफोनको स्क्रिन छुनुभयो र त्यसपछि भने अनुहार छुनुभयो भने तपाईँलाई कोरोनाभाइरस संक्रमित हुन सक्छ।

अर्कोतर्फ, Dscout द्वारा गरिएको अर्को अनुसन्धानले भन्छ कि एक औसत व्यक्तिले दिनमा २ हजार ६ सय पटक फोन हेर्छ र स्मार्टफोनलाई ७६ पटक प्रयोग गर्दछ । यस अवस्थामा, कोरोनाभाइरसको संक्रमण सजिलै स्मार्टफोन मार्फत फैलिन सकिन्छ।

त्यसैले यस्तो अवस्थामा ब्रिट्सको सुझावअनुसार स्मार्टफोनलाई दिनको दुई पटक अल्कोहलयुक्त वाइप्सले सफा गर्नुपर्छ ।

कोरोनाभाइरस संक्रमण फ्ल्याट सतहको माध्यमबाट तिब्रगतिमा फैलने बताईएको छ। त्यसो गरेको खण्डमा त्यो जिवित रहने सम्भावना कम हुने बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : १७ बजे

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा