जहाँ महिलाको ‘लामो कपाल’ हेर्नकै लागि जान्छन् ८० हजार पर्यटक ! (फोटो फिचर) « Khabarhub

जहाँ महिलाको ‘लामो कपाल’ हेर्नकै लागि जान्छन् ८० हजार पर्यटक ! (फोटो फिचर)


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा विचित्रका घटना घटेका हामीले सुन्दै र देख्दै आएका छौं । मानिसहरुले आफ्नो गाउँ ठाउँको विकासका लागि अने तौर तरिका अपनाएको समेत पाइन्छ ।

चीनको एक गाउँमा पर्यटक भित्र्याउनका लागि त्यहाँका महिलाहरुले औसतभन्दा लामो कपाल पाल्ने गरेका छन् ।

चीनको आंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँका रुपमा समेत परिचित बनेको छ । उक्त गाउँका अधिकांश महिलाहरु लामो कपाल पाल्छन् । उनीहरुको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म हुने जनाइएको छ।

महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेको बताइन्छ ।

यी महिलाहरुलाई ‘रेड याओ’ पनि भन्ने गरिन्छ । यहाँका महिलाहरुले प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित समेत हुन्छन् ।

यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँका नाममा गिनिज बुकमा रेकर्ड दर्ज गराइसकेको छ ।

सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो ।

कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन पर्यटक भित्र्याउने गतिलो माध्यम समेत बनेको छ । अहिले उक्त गाउँमा महिलाको लामो कपाल हेर्नकै लागि विभन्न देशबाट पर्यटकहरु जाने गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : २५ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर