मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना : मौसम विभाग « Khabarhub

मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना : मौसम विभाग


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभावले मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको  जनाएको हो ।

विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। आज विहान देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

रातिः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन ३० गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ५६ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको