मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना : मौसम विभाग « Khabarhub

मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना : मौसम विभाग


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभावले मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको  जनाएको हो ।

विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। आज विहान देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

रातिः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन ३० गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ५६ बजे

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल