साउदी सरकारले बनाइदियो श्रीमतीको निगरानी गर्ने एप « Khabarhub

साउदी सरकारले बनाइदियो श्रीमतीको निगरानी गर्ने एप


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीमती के गर्दैछिन् र कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकास गरेको छ ।

गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ ।

यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ ।

पुरुषले चाहे आफ्ना पत्नीलाई विमानस्थलमा नै रोक्न सक्छन् । सन् २०१८ मा नै साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो । लन्च भएलगत्तै यो एप्स १० लाखभन्दा धेरै डाउनलोड गरेका थिए ।

यसको प्रयोगले आफ्ना पतिको चाहना विपरित कोही पनि महिला विदेश जान सक्दैनन् । डिसेम्बर २०१८ मा यो विषयमा सबैभन्दा पहिले निकै चर्चा भयो । जब एक युवतीले घरबाट बाहिर निस्किए लगत्तै उनलाई उनका पतिले रोके ।

साउदी अरबमा अप्रिल २०१८ मा साइबर क्राइम रोक्नका लागि बनेको नयाँ कानून अनुसार पति–पत्नीले एकअर्काको फोन चेक गर्न सक्दैनन् । यसलाई अपराधको श्रेणीमा राखिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ०५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि